उम्मेदवारी मनोनयन दर्तापछि मतपत्र ढुवानी गरिने
मेरोन्यूज
२०७९ वैशाख ११ गते २१:४४
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि मनोनयन दर्ता कार्य पूरा भएपछि सम्बन्धित पालिकाका लागि मतपत्र ढुवानी कार्य सुरु गर्ने भएको छ ।
हाल पूर्वानुमानित सङ्ख्याका आधारमा मतपत्र छपाइको कार्य द्रुत गतिमा भइरहेको र वैशाख १२ गते सम्मन्न हुने उम्मेदवारी मनोनयनलगत्तै मतपत्रको सङ्ख्या र त्यसमा समाविष्ट निर्वाचन चिह्न पर्याप्त हुने नहुने स्पष्ट हुनेछ ।
गृह मन्त्रालय, रक्षा मन्त्रालय, सुरक्षा निकायलगायतका प्रतिनिधि सम्मिलित सो केन्द्र कान्तिपथस्थित आयोगको कार्यालयमा स्थापना भएको छ । हालसम्म ६३ जिल्लाका लागि आवश्यक पर्ने एक करोड ४५ लाख ६३ हजार मतपत्र छपाइ भइसकेको छ ।
बाँकी जिल्लाका लागि आवश्यक पर्ने मतपत्रको छपाइ भइरहेको छ । निर्वाचनसम्बन्धी सामग्रीको ढुवानी पनि हालसम्म ६१ जिल्लामा पुगिसकेको आयोगले जनाएको छ ।
सम्बन्धित
















स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता, उपसभामुख पदबारे छलफल
चैत २२ गतेदेखी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने
इरान– इजरायल युद्ध चर्किँदै, अमेरिका प्रभावित
झापामा घरको तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया