बुधबार, माघ १४, २०८२

उम्मेदवारी मनोनयन दर्तापछि मतपत्र ढुवानी गरिने

मेरोन्यूज २०७९ वैशाख ११ गते २१:४४

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि मनोनयन दर्ता कार्य पूरा भएपछि सम्बन्धित पालिकाका लागि मतपत्र ढुवानी कार्य सुरु गर्ने भएको छ ।

हाल पूर्वानुमानित सङ्ख्याका आधारमा मतपत्र छपाइको कार्य द्रुत गतिमा भइरहेको र वैशाख १२ गते सम्मन्न हुने उम्मेदवारी मनोनयनलगत्तै मतपत्रको सङ्ख्या र त्यसमा समाविष्ट निर्वाचन चिह्न पर्याप्त हुने नहुने स्पष्ट हुनेछ ।

गृह मन्त्रालय, रक्षा मन्त्रालय, सुरक्षा निकायलगायतका प्रतिनिधि सम्मिलित सो केन्द्र कान्तिपथस्थित आयोगको कार्यालयमा स्थापना भएको छ । हालसम्म ६३ जिल्लाका लागि आवश्यक पर्ने एक करोड ४५ लाख ६३ हजार मतपत्र छपाइ भइसकेको छ ।

बाँकी जिल्लाका लागि आवश्यक पर्ने मतपत्रको छपाइ भइरहेको छ । निर्वाचनसम्बन्धी सामग्रीको ढुवानी पनि हालसम्म ६१ जिल्लामा पुगिसकेको आयोगले जनाएको छ ।

प्रतिक्रिया