चुमनुब्रीमा माओवादीका वडाध्यक्षसहित नौ जना निर्विरोध
मेरोन्यूज
२०७९ वैशाख १३ गते १६:४२

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा वडाध्यक्षसहित नौ पदमा एक जनाले मात्र उम्मेदवारी दिएका छन् ।
नेकपा माओवादी केन्द्रबाट वडा नम्बर ६ का वडाध्यक्ष सरोज लामा, सदस्यहरू सोनाम लामा, डोल्मा लामा, ठिमे ग्याम्जो लामाको एकल उम्मेदवारी परेको निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।
चुमनुब्री गाउँपालिका वडा नम्बर १ को सदस्य पदमा कांग्रेसबाट कर्म सण्डुप लामा, माओवादीबाट डेजेन डोल्मा, एमालेबाट पासाङ लामाको मात्र मनोनयन परेको छ ।
वडा नम्बर २ मा माओवादीको तर्फबाट लाक्पा डिकीको सदस्यमा एकल मनोनयन परेको छ । वडा नम्बर ५ को महिला सदस्यमा सोनाम साङ्गोको मनोनयन परेको छ ।
सम्बन्धित
















संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
बादोरियो कराते टोली भारत जाँदै
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
आज माघ १२ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया