खोटाङका दुई उम्मेदवारविरुद्ध उजुरी

खोटाङ । खोटाङका दुई उम्मेदवारविरुद्ध उजुरी परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाका वडाध्यक्षका उम्मेदवार ज्ञानराज राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडा सदस्यका उम्मेदवार हरिकुमार खत्रीविरुद्ध विरोध सम्बन्धी उजुरी परेको हो ।
खार्ताम्छाको चोखाने खानेपानी निर्माण योजनाको उपभोक्ता समितिको अध्यक्ष रहेको भन्दै वडाध्यक्षका उम्मेदवार राईविरुद्ध बुधबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।
यस्तै, मध्यपहाडी लोकमार्गदेखि वडा कार्यालय दोर्पाचिउरीडाँडासम्म जाने ढलानको पेस्की पछ्र्यौट नगरेको भन्दै वडा सदस्यका उम्मेदवार खत्रीविरुद्ध उजुरी दर्ता भएको हो ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गरेका व्यक्तिविरुद्ध दावीविरोधका लागि निर्वाचन आयोगले बुधबार एक दिन उजुरी दिने समय दिएको थियो ।
उजुरी परेका उम्मेदवारलाई सफाइ तथा सबुद प्रमाण सहित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित हुन भनिएको छ । जिल्लाका १० स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला सदस्यका लागि १ हजार ३३० जनाको मनोनयन दर्ता भएको छ ।
















५० प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन
फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
कलाकार सागर लम्साल (बले) पक्राउ
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
उपसभामुखमा श्रम संस्कृती पार्टीले पनि उम्मेदवारी दिने
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया