कांग्रेसले निर्मला पन्तको घटनामा छानबिन गर्न दिएन : केपी ओली
मेरोन्यूज
२०७९ वैशाख १५ गते १९:१८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे सरकारसँग प्रश्न गरेका छन् ।
काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष अोलीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामाथि छानबिन गर्न सरकारलाई चुनौती दिएका हुन् ।
उनले आफ्नो पालाको सरकारले बालिका पन्तको घटनाबारे छानबिन गर्न खोजे पनि कांग्रेसले नदिएको आरोप लगाए । उनले सडकदेखि सदनसम्म कांग्रेसले विरोध गरेको भन्दै अनुसन्धान गर्न चुनौती दिए ।
‘निर्मला पन्तको बलात्कारपछि विभत्स हत्या भयो, त्यसबेला कांग्रेसले छानबिन गर्न दिएन,’ उनले भने, ‘अहिले कांग्रेसका नेता गृह मन्त्री हुनुहुन्छ, आज निर्मला पन्तको विषयमा किन बोल्नु हुन्न ?, त्यतिखेर हामीलाई छानबिन गर्न दिएन, अहिले छानबिन गर्नुस्, हामी सहयोग गर्छौं ।’
सम्बन्धित
















५० प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन
फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
कलाकार सागर लम्साल (बले) पक्राउ
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
उपसभामुखमा श्रम संस्कृती पार्टीले पनि उम्मेदवारी दिने
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया