बुटवलको सडक विस्तार बन्याे चुनावी मुद्दा

बुटवल । बुटवल उपमहानगरपालिकाका उम्मेदवारहरूले बुटवलको सडक निर्माणलाई मुख्य एजेण्डा बनाएका छन् । कांग्रेसको तर्फबाट बुटवल उपमहानगरपालिकामा मेयर पदका उम्मेद्वार खेलराज पाण्डेले बुटवलको सडक निर्माणलाई मुख्य एजेण्डा बनाएका छन् ।
‘बुटवलको चौराहादेखि चिडियाखोलासम्मको धुलाम्मे सडक मर्मत गरी सडकलाई नमुना बनाउँछु’ उनले भने । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडकमा ८२ फुटभित्र संरचना निर्माण गरेका घरधनीले सडक विस्तारमा अवरोध गर्दा कांग्रेसका अधिकांश नेताले साथ दिएका थिए । गृहमन्त्री बालकृष्ण खाँणले पनि त्यतिबेला बुटवललाई उजाड बनाउने गरी सडक निर्माण गर्न नहुने बताएका थिए ।
अहिले स्थानीय तह निर्वाचनमा नेताहरुले आफूहरूले चुनाव जिते सडक निर्माणलाई टुंगोमा पुर्याउने बताएका छन् । २४ चैत २०७५ मा करिब एक सयको संख्यामा सडक आयोजनालाई सडक विस्तार नगर्नको लागि दवाव दिन आयोजनाको कार्यालय मणिग्राममा पुगेका घरधनीसँग पाण्डेसहित अन्य कार्यकर्ताहरू समेत पुगेका थिए । तर, पछि सर्वोच्च अदालतले २० पुस २०७७ मा दिएको आदेशले सडक विस्तारको काम खुला गरिदिएपछि भने सडक क्षेत्र ओगटेर बनाइएका घरहरू भत्काउनुको साथै सडक विस्तार थालिएको थियो ।
साढे तीन किलोमिटरको यो सडक निर्माणको ठेक्का पाँच वर्षअघि नै द कञ्चनजंघा बिरूवा जेभी कन्स्ट्रक्सन प्रालि काठमाडौंले पाएको थियो । कम्पनीका सञ्चालक सुमित श्रेष्ठले सडक विस्तारको काम अघि नबढाउँदा बुटवलको सडक डेढ वर्षदेखि अस्तव्यस्त छ ।
‘ठेकेदारले पनि सडक बिस्तारमा राजनीति गरे, काम अघि नबढाउँदा समस्या भयो’ सडक आयोजनाका एक कर्मचारीले भने ।
संघ सरकारअन्तर्गत बन्दै गरेको सडकलाई बुटवल उपमहानगरपालिकाले बनाएन भन्दै कांग्रेस लगायत गठबन्धनका स्थानीय कार्यकर्ताहरूले उपमहानगरपालिकाको नेतृत्वको आलोचना गर्दै आएका छन् ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले चौराहदेखि गोलपार्कसम्मको सडक संघ सरकार मातहतको भएको र छिटो सम्पन्न गर्न दबाब दिनुबाहेक उपमहानगरपालिकासँग अरू अधिकार नभएको बताउँदै आएका छन् ।
बेलहिया–बुटवल सडक आयोजनाकी निमित्त प्रमुख इन्जिनियर सविता ज्ञवालीले अहिले सडकको दुवैतर्फ नालीको काम भइरहेको र ठेकेदारले अस्पताल लाइन क्षेत्रमा वैशाखभरीमा कालोपत्रे सक्ने भनेर सम्झौता गरेको बताइन् ।
















एकै दिन दुईवटा अमेरिकी युद्धविमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया