सशस्त्रमा नयाँ आईजीपीको नियुक्ति रोकियो
मेरोन्यूज
२०७९ वैशाख १८ गते १४:४७

काठमाडौं । सशस्त्र प्रहरी बल (एपिएफ)मा नयाँ आईजीपीको नियुक्ति रोकिएको छ ।
एक मन्त्रीका अनुसार गृह मन्त्रालयले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) राजु अर्यालको एकल प्रस्ताव आजको मन्त्रिपरिषद्मा लगेको थियो ।
तर, प्राविधिक कारण भन्दै सोसम्बन्धी निर्णय आजको बैठकमा नभएको एक मन्त्रीले जानकारी दिए । आज राति १२ बजेबाट सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसी सेवा अवधिका कारण अवकाशमा जाँदै छन् ।
स्रोतका अनुसार रिक्त रहने दुई एआईजीमा बढुवापछि मात्रै आईजीपी नियुक्तिको चलखेल भइरहेको छ ।
यो पनि:-
सशस्त्रमा सेवा अवधि ३२ वर्षे बनाउने चलखेल !
को बन्लान् सशस्त्र प्रहरीको नयाँ आइजीपी ?
सशस्त्रको सेवा अवधि नबढ्ने संकेतः गृहमन्त्री खाँणलाई ढाँटे कर्णालीका डीआईजीले
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
प्रतिक्रिया