काठमाडौंलाई महान घर जस्तो बनाउँनेछु, कसैको शिर निहुरिन दिनेछैन : सिर्जना सिंह

काठमाडौं / नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयर पदकी उम्मेदवार सिर्जना सिंहले असुरक्षित रहेको काठमाडौंलाई सुरक्षित बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएकी छिन् । रत्नपार्क शान्तिबाटिकामा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै सिंहले असुरक्षित रहेको काठमाडौंलाई सुरक्षित बनाएर ढुक्कले बस्न सक्ने वातावरण बनाउनु पहिलो प्राथमिकता रहेको बताएकी हुन् ।
काठमाडौं महानगरमा फोहोरको समस्या, सडकको समस्या, वेराजगारीको समस्या रहेको भन्दै त्यसको समाधान गर्ने बताइन् । युवाहरूको लागि विशेष योजना अघि सार्ने उनको प्रतिबद्धता छ । ‘अहिलेसम्म युवाहरूले धेरै दिए । अब मैले जितेमा युवाहरूलाई दिनेछु । उनीहरूमा देखिएको बेरोजगारी समस्या समाधान गर्नेछु,’ सिंहले भनिन् ।
शिक्षाको गुणस्तर बढाउनतिर आफ्नो प्राथमिकता हुने बताइन् । ‘सरकारी विद्यालयमा पढ्दा शिक्षाको गुणस्तर एकदमै कमजोर देखिएको छ । यसलाई गुणस्तरीय बनाउन मेरो ध्यान हुनेछ ,’ उनले भनिन् ।
गृहणी महिलालाई विशेष भत्ताको व्यवस्था मात्र नभएर विदुर पुरुषहरूको लागि समेत भत्ताको व्यवस्था गर्ने उनको भनाइ छ । २४ सैं घण्टा काठमाडौंका बजार खुल्ला गर्ने गरी पहल गर्ने बताइन् । ‘यसका लागि म एक्लैले सक्दिन । यसमा म त एउटा पात्र मात्र हुँ । यसमा विज्ञहरूसँग छलफल गरेर काठमाडौंको बजार क्षेत्र २४ घण्टा नै खुल्ला गराउनेछु ,’ सिंहले भनिन् ।
काठमाडौं सार्वजनिक स्थानमा सार्वजनिक शौचालय राख्नुका साथै निःशुल्क खानेपानीको व्यवस्था पनि गर्ने उनको भनाइ छ । काठमाडौंका मतदाताको शिर निहुरीने काम गर्न नदिने उनले प्रतिबद्धता जनाइन् ।
‘म महानगरमा कामको लागि आउने दाजुभाई दिदिबहिनीको शिर निहुरीन दिने छैन् । म काठमाडौंलाई महान घर जस्तो बनाएर राख्नेछु । यहाँ आउने सबैलाई राम्रोसँग सेवा प्रवाह गर्नेछु ।’ सिंहले भनिन् ।
















दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो
सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह
शहीदका रगतलाई सम्मान गर्दै उनीहरूको सपना पूरा गर्ने समय आएकोछ: बालेन शाह
पाँच सय किलो गाँजासहित दश जना पक्राउ
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
प्रतिक्रिया