महिलालाई हराए दुनियाँले हेर्ने नजर फरक हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा अोली सरकारमा रहँदा डर त्रास रहेको बताउँदै आफ्नो पालामा केही नभएको बताएका छन् । काठमाडौँमा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले आफ्नो पालामा कुनै त्रास नभएको बताएका हुन् ।
‘केपी ओलीको पालामा कत्रो डर त्रास थियो, अहिले त्यस्तो छैन नि, दोस्रो कुरा डर त्रासबाट मुक्त हुनका लागि हामीले गठबन्धन बनाएका हौँ,’ प्रधानमन्त्री देउवाले भने । यस्तै, उनले आफूहरू चुनावमा एक्लै जाने रहर गर्दा पार्टीले हारेको स्मरण गरे ।
‘हामीले पनि एक्लै जाने रहर गर्यौं, पार्टी हार्यो, उहाँ (प्रचण्ड)ले पनि एमालेसँग जाने रहर गर्नु भो कति दुःख पाउनु भो,’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै देउवाले भने, ‘त्यस कारण हामी सबै हिजोको घटनाबाट मुक्त चाहने गरी एक ठाउँमा रहेका छौँ ।’
उनले आफ्नो पार्टीको महाधिवेशनले गठबन्धन आवश्यक रहेको भन्दै सर्वसम्मतिले पास गरेको बताए । उनले महाधिवेशनमा कसैले गठबन्धनको विरोध नगरेको बताएका थिए । यस्तै, केन्द्रीय समितिले समेत गठबन्धनधको पक्षमा सहमति गरेको देउवाले बताए ।
‘महाधिवेशनभन्दा ठूलो केही छैन हाम्रो पार्टीमा, त्यसपछि केन्द्रीय समितिले पनि गठबन्धनको बारेमा सहमति भएको छ, त्यतिमात्र होइन पार्टी सभापतिको हिसाबले मलाई सबै अधिकार दिएको छ,’ उनले भने, ‘अब अहिले आएर हाम्रो पार्टीभित्र पनि दुःखपूर्ण कुरा भएको छ, गठबन्धनको पक्षमा विवाद देखिएको जस्तो छ ।’
‘रेणु दाहाल प्रचण्डको छोरी भएर जन्मिनु गल्ती भइसक्यो, कहाँ जन्मिने भन्ने आफ्नो हातमा छैन नि, कति राम्रो काम गर्नु भएको छ, त्यस्तो काम गर्ने मान्छेलाई भोट दिन हुँदैन भन्छ,’ उनले भने, ‘गठबन्धनले उहाँलाई टिकट दिएको छ, अहिले हाम्रो पार्टीका केही साथी उहाँको खिलाफमा उभिनु भएको छ ।’
यस्तै, प्रधानमन्त्री देउवाले काठमाडौँ महानगर मेयरको उम्मेदवारी सिर्जना सिंह पनि राम्रो मान्छे भएको बताए । उनले काठमाडौँमा महिला नै मेयर बन्नु पर्ने भन्ने अवस्था आउने भएकाले उनलाई मतदान गर्न आग्रह गरे ।
प्रधानमन्त्री देउवाले काठमाडौँमा महिलालाई हरायो भने दुनियाँले हेर्ने नजर फरक हुने दाबी गरे । उनले राजधानीको मेयरकी उम्मेदवार सिर्जना र राम्रो काम गर्ने भरतपुरको उम्मेदवार रेणु जस्ता दुई महिलालाई हराए दुनियाँले हेर्ने नजर फरक हुने दाबी गरे ।
‘प्रचण्डले भरतपुरमा छोरी उठाए भन्लान् भन्नु भयो, मैले नै राम्रो काम गर्नु भएको छ उठाउनु भनेँ,’ देउवाले भने, ‘यहाँ प्रकाशमान डराउनु भयो स्वास्नी उठाए भन्लान् भनेर, मैले उठाउन भनेँ ।’
















नेपालमा हुन लागेकाे साफ महिला च्याम्पियनसिपको उद्घाटनमा आज बङ्गलादेश र भुटान भिड्दै
पूजा महतोको कप्तानीमा नेपालले एसिया कप खेल्ने
33 days to HoR elections: EC active for code of conduct enforcement; 21 explanations sought
बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया