महोत्तरीमा कांग्रेसबाट ३२ जना निष्कासित
महोत्तरी । नेपाली कांग्रेस महोत्तरीले पार्टीबाट विद्रोह गरेर बागी उम्मेदवारी दिएकालाई कारबाही गरिएको छ ।
अनुशासन समितिको आजको बैठकले जिल्लाका विभिन्न पालिकामा बागी उम्मेदवारी दिएका ३२ जनालाई कारबाही गरेको हो । उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको महोत्तरी कांग्रेसले जनाएको छ ।
पार्टीले टिकट नदिएको भन्दै स्वतन्त्र उम्मेदवार बनेका जिल्लाका ३२ जनालाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जिल्ला सभापति नागेस्वर यादवले जानकारी दिए ।
निष्कासनमा पर्नेमा बर्दिबासबाट कांग्रेसको आधिकारिक उम्मेदवार चिरञ्जिवी हमालविरुद्ध उम्मेदवारी दिने प्रह्लाद क्षेत्रीलगायत छन् ।
प्रह्लाद क्षेत्रीका साथै बर्दिबास नगरपालिकी तारादेवी महतो, भोला खडका, युवराज पोखरेल, दिपबहादुर कार्की, राम सोगरथ यादव, बोधबहादुर कटवाल, विजयकुमार महतो, युवराज पोखरेल, विनोद ढुङ्गेल, अनिल महतो र अमृत सिंह गरी १२ जनालाई कारबाही गरिएको छ ।
त्यसैगरी गौशाला नगरपालिकाका प्रमोदकुमार झा, पिपरा गाउँपालिकाका विजय यादव र प्रभास यादव, एकडारा गाउँपालिकाका मनोज कुमार झा, राम स्नेही मण्डल, शिवकुमारी यादव र गौरीसंकर मिश्र, महोत्तरी गाउँपालिकाका छेदी चौधरी, जिवछ यादव, सिलादेवि, जिबछ पण्डित, राम नरेश राय, कारी कापर, सोनाम गाउँपालिकाका सञ्जीव यादव, उपेन्द्र यादव, आसिना नदाफ, सन्तोषकुमार यादव, विनय यादव र रामवली यादव कारबाहीमा परेका छन् ।
उनीहरूलाई उम्मेदवारी फिर्ता लिन र प्रस्तावक नबन्न पाटीबाट पटकपटक अनुरोध गर्दा पनि अटेरी गरेकाले कारबाही गरिएको सभापति यादवले बताए ।
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मेची पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन
झापा गोल्डकपको सातौँ संस्करण माघ २४ देखि सुरु हुँदै
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया