‘वैज्ञानिक समाजवादी क्रान्ति’को राजनीतिक कार्यदिशा
धर्मेन्द्रको पार्टीको राजनीतिक कार्यदिशा आहुतीको सँग मिल्दोजुल्दो !

काठमाडौं । नवगठित नेकपा (बहुमत) पार्टीले ‘वैज्ञानिक समाजवादी क्रान्ति’को राजनीतिक कार्यदिशा तय गरेको छ । एकीकृत जनक्रान्तिको कार्यदिशालाई खारेज गरेको छ ।
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा–क्रान्तिकारी माओवादीबाट अलग भएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा गठन गर्दै एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा तय गरेको थियो ।
तर, चितवन भेलाबाट ‘विप्लव’लाई हटाएको केही दिनमै नेकपा (बहुमत) पार्टी गठन गर्दै उक्त पार्टीका संयोजक बनेका नेता धर्मेन्द्र बास्तोलाले ‘वैज्ञानिक समाजवादी क्रान्ति’को कार्यदिशा अघि सारेका हुन् ।
यही राजनीतिक कार्यदिशामा टेकेर पुँजीवादी क्रान्तिको सम्पूर्ण चरण पूरा गर्दै सर्वहारा वर्गको अधिनायकत्व स्थापना गरेर अन्ततः समाजवादसम्म पुग्न सकिने उक्त पार्टीले संश्लेषण गरेको छ ।
बास्तोलाको पार्टीको यो राजनीतिक कार्यदिशा भने विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीको कार्यदिशासँग मेल खाने देखिन्छ ।
किनभने आहुतीको पार्टीको पनि कार्यदिशा ‘वैज्ञानिक समाजवाद’ हो ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया