दुई पेस्तोलसहित भारतीय नागरिक पक्राउ
काठमाडौँ । बारामा दुई पेस्तोलसहित भारतीय नागरिक पक्राउ परेका छन् । सिम्रौनगढ नगरपालिका १० बसवरीया टोल भएर नेपाल आउँदै गरेको बिआर ०१ सि १ ३१६१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा चालक र त्यसमा सवार दुवै जनाको कम्मरमा एक–एक वटा पेस्तोल बरामद भएको हो ।
पक्राउ पर्नेमा मोतीहारी जिल्ला पूर्वी चम्पारण लौखान निवासी २३ वर्षीय पप्पुकुमार यादव र सोही ठाउँ भेलवा निवासी २२ वर्षीय अखलेष कुमारसिंह रहेकोे सशस्त्र प्रहरी बल मुख्यालय मधेस प्रदेश बर्दिबासका प्रमुख प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ठाडामगरले जानकारी दिए ।
पक्राउ परेकाको साथबाट अटोमेटिक चाइनिज पेस्तोल एक थान, त्यसमा प्रयोग हुने दुई गोली र कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने दुई गोली बरामद गरिएको उनले बताए ।
पक्राउ परेका यादव र सिंहलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको मगरले बताए ।
















मध्यपूर्व तनावबीच अमेरिका-इजरायल-साउदी अरब हतियार सम्झौता
म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट
मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शंकर पोखरेल
नेपालमा हुन लागेकाे साफ महिला च्याम्पियनसिपको उद्घाटनमा आज बङ्गलादेश र भुटान भिड्दै
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया