शनिबार, माघ १७, २०८२

एमाले बनाउन केपी ओलीको भूमिका छैन : अध्यक्ष नेपाल

मेरोन्यूज २०७९ वैशाख २५ गते १४:१०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् । नेकपा एमालेका अध्यक्ष ओलीलाई बयलगाढाको प्रवर्द्धक भन्दै उनले कटाक्ष गरेका हुन् ।

गठबन्धन दलले पोखरामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई प्रतिगामी गठबन्धनको नेतृत्वकर्ता भएको बताए । उनले अहिले देशमा अग्रगामी र प्रतिगामी गठबन्धनको बीचमा प्रतिस्पर्धा हुने बताए ।

उनले नेकपा एमाले बनाउन ओलीले कुनै भूमिका नखेलेको बताएका थिए ।

प्रतिक्रिया