आइतबार, माघ १८, २०८२

चुनावलगत्तै प्रतिनिधिसभा बैठक बोलाउन सरकारको सिफारिस

मेरोन्यूज २०७९ वैशाख २५ गते १४:५४

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीयको निर्वाचनलगत्तै सरकारले प्रतिनिधिसभाको बैठक आह्वान गरेको छ । सरकारले आगामी जेठ ३ गते बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

आगामी जेठ ३ गते दिउँसो ४ बजे बैठक बस्ने गरी राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने कानुनी व्यवस्था रहेको छ ।

आगामी जेठ १४ गतेदेखि सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा सार्वजनिक गर्ने हुन्छ । बजेट सार्वजनिक गर्नुपूर्व छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्नु पर्ने प्रचलन रहेको छ ।

प्रतिक्रिया