सोमबार, चैत २३, २०८२

सशस्त्र प्रहरीले फेसबुकमा कार्य क्षेत्रको तस्बिर पोष्ट गर्न नपाउने

मेरोन्यूज २०७९ वैशाख २६ गते १९:२५

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचन सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालमा कार्य क्षेत्रको तस्बिर पोष्ट नगर्न निर्देशन दिएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

आसन्न स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा पूरा गराउन आवश्यक निर्देशन दिँदै सामाजिक सञ्जालमा कार्य क्षेत्रको तस्बिर पोष्ट नगर्न निर्देशन दिएका हुन् ।

निर्वाचन सुरक्षामा खटिएका सशस्त्र कर्मचारीले कार्य क्षेत्रमा देखाएको उत्साहपूर्ण सहभागीताको प्रशंसा गर्दै निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन निर्देशन दिएका हुन् । उनले सामाजिक सञ्जालको प्रयोग गर्ने क्रममा कार्य क्षेत्रको तस्बिर पोष्ट नगर्नसमेत निर्देशन दिएको सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

‘निर्वाचनमा खटिएका सशस्त्र प्रहरी कर्मचारीको बन्दोवस्ती एवं राशन व्यवस्थापन, स्वास्थ्य, अनुशासन, पेशागत दक्षता प्रदर्शन, सीमा सुरक्षामा परिचालन, चोरी तस्करी नियन्त्रण लगायतका जिम्मेवारीका क्षेत्रहरुमा परिचालितभई सम्पादन गरेका कार्यहरुको सुक्ष्म रुपमा अनुगमन गर्ने गरी प्रधान कार्यालयबाट अनुगमन टोली समेत परिचालन गरिएको छ’, आईजीपी अर्यालले भने ।

आईजीपी अर्यालले निर्वाचन सुरक्षा प्रयोजनका लागि उपलब्ध श्रोत साधनको अधिकतम उपयोग गरी नेपाल सरकारबाट प्राप्त नीति निर्देशनलाई पालना गर्दै विभिन्न निकायसँग समन्वय र सहकार्य गरी आर्थिक अनुशासनमा रहेर मानव अधिकारको सम्मान गर्दै जिम्मेवारी निर्वाहमा क्रियासिल रहन निर्देशन दिएका छन् ।

स्थानीय तह निर्वाचन २०७९ लाई भएरहित वातावरणमा शान्तिपूर्वक सम्पन्न गराउन देशभर परिचालित भएका सशस्त्र प्रहरीको स्थलगत अनुगमन तथा निरीक्षण गरी व्यावसायिक र चुस्त दुरुस्त रुपमा जिम्मेवारी निर्वाहमा क्रियाशिल गराउन सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक र सशस्त्र प्रहरी उपरीक्षकको नेतृत्वमा वैशाख २५ गते सबै प्रदेशमा एक÷एक टोली परिचालन गरेको छ ।

प्रतिक्रिया