सोमबार, चैत २३, २०८२

‘जीतपुरसिमरा उपमहानगरमा श्रमिक अस्पताल निमार्ण गर्छौं’

मेरोन्यूज २०७९ वैशाख २७ गते १४:२३


काठमाडौं । जीतपुर सिमरा उपमहानगरपालिकाकी उपमेयरकी उम्मेदवार मेघा शाहीले यस नगरलाई संघ वा प्रदेशसँग समन्वय गरेर भए पनि श्रमिक अस्पताल सञ्चालन गर्ने सोचेको बताएकी छिन् । उनले यस नगरका अधिकांश जनसंख्या श्रममा खटिने भएकाले उनीहरूको शिक्षा र स्वास्थ्यमा पहुँचलाई सुलभ बनाउने योजना रहेको सुनाईन् ।
उनले भनिन्, ‘हामीले संघ वा प्रदेशसँग समन्वय गरेर भए पनि श्रमिक अस्पताल सञ्चालन गर्ने सोचेका छौं । ’
हामीले आफ्नो नगरभन्दा बाहिर बसेर वा वेवास्ता गरेर हामीले चाहेको स्थानीय तह नबन्ने उनले बताएकी हुन् ।
गुणस्तरीय शिक्षा र विद्यार्थी हकहितका एजेण्डा बोकेर आन्दोलनमा उत्रने मेघा अहिले जीतपुरसिमराको समृद्धि र सुशासनको एजेण्डा बोकेर चुनावी मैदानमा छिन् । उनले भनिन्,‘ शिक्षा, स्वास्थ्य र सुशासनमा योगदान गर्नु मेरो उद्देश्य हो ।’
शाहीले स्वास्थ्य र राजनीतिशास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेकी छन् । स्थानीय तह आउँन मात्र चार दिन बाँकी छ । आजबाट राति १२ बजेदेखि मौन अवधि सुरु हुदैछ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया