दीपकराज गिरीले भने : भ्रष्टाचारको पैसामा सन्तानको भविष्य सुरक्षित नठान्नु

काठमाडौँ । कलाकार दीपकराज गिरीले भ्रष्टाचार गरेर आफ्नो ढुकुटी भरे भन्दै मख्ख नपर्न आग्रह गरेका छन् । उनले भ्रष्टाचार गरी पैसा थुपारेरे आफ्नो सन्ताको भविष्य सुरक्षित ठाने श्रीलंकाको जस्तो अवस्था आउने बताएका हुन् ।
उनले भ्रष्टाचार गरी आफ्नो ढुकुटी भर्दा देशको ढुकुटी रित्तिने बताउँदै श्रीलंकाको जस्तो अवस्था आउँदा कोही सुरक्षित नहुने बताएका हुन् ।
‘भ्रष्टाचार गरेर, ढुकुटी भरेर सन्तानको भविष्य सुरक्षित नठान्नु,’ कलाकार गिरीले भने, ‘देशको ढुकुटी रित्तियो भने, कसैको भविष्य सुरक्षित हुँदैन रहेछ, श्रीलंका ।’
पछिल्लो समय आर्थिक संकटबाट गुज्रिएसँगै श्रीलंकामा हिंसात्मक झडप शुरु भएको छ । प्रदर्शनकारीले राष्ट्रपति गोटाबाय राजापाक्षे र उनका दाइ महिन्दा राजापाक्षेको अभिभावकको स्मारक भत्काइदिएका छन् ।
प्रदर्शनकारीले राजधानी कोलम्बोबाट करिब २५० किलोमिटर टाढा रहेको राजपाक्षे परिवारको घरमा समेत आगजानी गरिदिएका छन् ।
यस्तै, प्रदर्शनकारीले तीन पूर्व मन्त्री र दुई जना सांसदको घरमा समेत आगजानी गरिदिएका छन् । यसैगरी झडपमा सत्तारुढ दलका सांसद अमरकिर्थी अथुकोरालाको मृत्यु भएको छ ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया