संग्रहालय बनाउने नाममा पूर्व आईजीपी केसीले गरे ३० लाख रुपैयाँ दुरुपयोग

काठमाडौँ । सशस्त्र प्रहरीमा आईजीपीको कार्यकाल ३२ वर्ष बनाउन घर जाने अन्तिम दिनसम्म जोडबल गरेका सशस्त्र प्रहरीका पूर्व आईजीपी पुष्पराम केसीले संग्रहालय बनाउने नाममा झण्डै ३० लाख रुपैयाँ खर्च गरेको रहस्या खुलेको छ । १९ दिन आईजीपी हुँदा व्यापक मात्रामा संगठन सुधारको सस्तो प्रचार गरेका उनले बिना टेण्डर र बिना कोटेसन मनमौजी ढंगले रकम दुरुपयोग गरेका हुन् ।
संग्रहालय बनाउने भन्दै प्रहरीको प्राविधिक सईबाट डीआईजी बनेका कालिदास धौबजीले समेत रकम दुरुपयोग गरेका छन् । संग्राहलयमा केही पूर्व आईजीपीका ड्रेस र केही फोटो झुन्ड्याइएको छ । त्यतिका लागि जाँदाजाँदै लाखौँ रुपैयाँ दुरुपयोग भएको छ ।
यता आफ्नै पिए विनोद कार्की र उमेश थापाको व्यक्तिगत ल्यापटपमा १९ दिन विभाग चलाएका केसीले अनुगमन इकाई गठनका नाममा मातहत इकाईमा आतंक मच्चाएका थिए । कार्य र मानव श्रोत विभागलाई निस्तेज पार्दै देशभरबाट पीटी र रोलकल हाजिर पठाउन लगाएर विभागीय काम कारबाही प्रभावित पारिएको थियो ।
योसँगै एकेडेमी बस्दा राशनको पैसामा खाएका केसीले हरेक दिन देशभरिका युनिटको राशन हिसाब मागेर आतंक सृजना गरेको श्रोत बताउँछ । यता नयाँ बढुवा भएका डीएसपीको पदस्थापनसमेत व्यक्तिलाई सोधेर दुई जना पीएले मिलाउने प्रयास गरेका थिए । तर, त्यो सम्भव नभएपछि उनी पदस्थापन गर्नसमेत असफल भएका थिए ।
उनले डीएसपी बढुवामा समेत आफ्नै पीए कार्कीलाई एक नम्बरमा ल्याएका थिए । आईजीपी सचिवालयमा रहेको बांकेट हलसमेत मासेर संग्रहालयको नाममा रकम दुरुपयोग हुँदा सचिवालयमा हुने सामान्य कार्यक्रममा चिया खाने ठाउँसम्म नभएको श्रोतले बतायो ।
पूर्व आईजीपी केसी घर जाने दिन सरकारी निवासबाट सामान हराएको श्रोत बताउँछ । आईजीपी चढ्ने तीन तारे गाडी २४ घण्टा सचिवालयअगाडि राखेर केसी चाहिँ प्राइभेट गाडीमा हिँड्ने गरेका थिए । विभिन्न होटलमा बसेर ३२ वर्षको लबिङमा लागेका उनले यसमा डीआईजी सिपी गौतम, एसएसपी युवराज अर्याल र एसपी होम ज्ञवालीलाई परिचालन गरेका थिए ।
सचिवाललाई समेत बाइपास गरेर दुई वटा ल्यापटपमा संगठन चलेको श्रोत बताउँछ । त्यसबेला बेलुका ५ बजेपछि सचिवालय चलायमान हुने गरेको र रात परेपछि गौतम, अर्याल र ज्ञवालीलगायतको इन्ट्री हुने गरेको श्रोतले जानकारी दिए ।
१९ दिन आईजीपी हुँदा केसीले एसएसपीभन्दा माथिको दर्जाले प्रयोग गर्ने हरियो मसीसमेत गृहका केही व्यक्तिलाई खुसी पार्न हटाएका छन् भने सिन्धुपाल्चोकको गण हटाएर आफ्नै जिल्ला नुवाकोटमा सार्ने प्रयाससमेत गरेका थिए ।
















अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
प्रतिक्रिया