बिल गेट्सलाई कोभिड पोजेटिभ

न्युयोर्क । माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सलाई कोभिड पोजेटिभ भएको छ । आफूलाई कोभिडको सामान्य लक्षणहरू देखिएको उनले बताएका छन् । स्वस्थ नभएसम्म आफू अन्य व्यक्तिबाट अलग रहने अर्बपति गेट्सले बताएका छन् ।
‘खोप लगाएको तथा परीक्षण र उत्कृष्ट चिकित्सा हेरचाहको पहुँचमा भएकाले म भाग्यवानी छु’, उनले ट्विट गरेका छन् ।
६५ अर्ब डलरको अनुदानसँगै सियटलमा रहेको बिल र मेलिन्डा गेट्स च्यारिटी विश्वको सबैभन्दा शक्तिशाली निजी फाउन्डेसन हो ।
अक्टोबरमा गेट्स फाउन्डेसनले मर्कको एन्टिभाइरल कोभिड– १९ ट्याब्लेटको ‘जेनेरिक भर्सनमा’ कम आय भएका देशहरूको पहुँच विस्तार गर्न १२० मिलियन डलर सहयोग गर्ने बताएको थियो ।
सन् २०१४ मा माइक्रोसफ्टका सह–संस्थापकले महामारीको चेतावनी दिएका थिए । विश्वले अर्को २० बर्षमा अर्को महामारीको सामना गर्न सक्ने गेट्सले केही समयअघि भनेका थिए ।
















यामाहाको विवाह सिजन अफर ‘मायासँग मायाको यात्रा’ सार्वजनिक
अमेरिकी विशेष दूतको भेनेजुएला भ्रमण, द्विपक्षीय वार्ता अघि बढ्ने
नेशनल लाईफ इन्स्योरेन्सको १ दिने तालिम सम्पन्न
महोत्तरी–२ का मतदाताका गुनासा– बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया