मतदान गर्न डेढ घण्टा हिँड्नु पर्ने

रसुवा । रसुवाको पर्यटकीय क्षेत्र लाङटाङस्थित क्यान्जिनका मतदाताले डेढ घण्टाको पैदल हिँडेर मतदान गर्ने भएका छन् । क्यान्जिनबाट लाङटाङ पुग्न दुई घण्टा लाग्छ । लाङटाङस्थित मुन्डुप सामुदायिक केन्द्रमा मतदान केन्द्र तोकिएको छ ।
क्यान्जिनमा ४५ घरधुरी रहेका छन् । त्यहाँका अधिकांशले होटल व्यवसाय गरेका छन् । क्यान्जिनमा करिब ७० जना मतदाता रहेका छन् । निर्वाचनको दिन होटल बन्द गरेर त्यस क्षेत्रका नागरिक मतदान गर्ने भएका छन् ।
क्यान्जिनका ग्याल्बो तामाङले २०४९ सालपछिका निर्वाचनमा मतदान गर्दै आएका छन् । उनले सबै निर्वाचनमा भाग लिएको बताए । शुक्रबार हुने निर्वाचनमा डेढ घण्टा हिँडेरै भए पनि मतदान गर्न आफू उत्साहित भएको उनी बताउँछन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार लाङटाङस्थित मतदान केन्द्रमा निर्वाचन गराउन मतदान अधिकृत गोपी विश्वकर्मा, सहायक मतदान अधिकृत प्रेम शंकर प्रसाद, सहायक कर्मचारी राजकुमार थापा पहारी र कार्यालय सहयोगीको रूपमा नन्दलाल न्यौपाने खटाइएको छ ।
निर्वाचन टोलीले बुधबार सर्वदलीय बैठक राखेर आवश्यक प्रक्रिया शुरु गरेका छन् । पाँच सयभन्दा कम मतदाता रहेका केन्द्रमा चार जना कर्मचारी खटाइने प्रावधानअनुसार कर्मचारी खटाइएको बताइएको छ ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया