नयाँ मतदातालाई आज पनि परिचय पत्र वितरण गरिँदै
मेरोन्यूज
२०७९ वैशाख २९ गते ७:१६
काठमाडौँ । नयाँ मतदाताले आज पनि मतदाता परिचय पत्र पाउने भएका छन् ।
पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचय पत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई बुधबारबाट मतदान स्थलबाट मतदाता परिचय पत्र वितरण थालिएको हो ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज परिचय पत्र वितरण गरिसकिने छ ।
उनका अनुसार मतदाता परिचय पत्र वितरणसँगै मतदाता शिक्षाअन्तर्गत मतदान गर्ने सही तरिकासम्बन्धी जानकारी दिइने गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया