काठमाडौं मेयर उम्मेदवार समीक्षा बास्कोटाले गरिन् मतदान

काठमाडौं । विवेकशील साझा पार्टीको काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार समीक्षा बास्कोटाले मतदान गरेकी छिन् । काठमाडौं मध्य बानेश्वरस्थित भ्याली भ्यु स्कुल केन्द्रबाट मतदान गरेकी हुन् ।
काठमाडौं महानगरपालिकामा विवेकशील साझाबाट मेयर र उपमेयरमा महिला उम्मेदवार छन् । उपमेयरमा कीर्ति तुलाधर उम्मेदवार बनेकी छन् ।
पाँच वर्षका लागि स्थानीय तहका जनप्रतिनिधि चुन्न मतदान सुरु भईसकेको छ । देशैभर मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ । मतदान साँझ ५ बजेसम्म जारी हुनेछन ।
६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्ठानीय तह र ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिध चयन गर्न आज मतदान हुँदैछ ।
कपिलवस्तुको महाराजगंज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकाको एक वडासहित केही ठाउँमा भने आज मतदान हुनेछैन । उम्मेदवारको मृत्यु भएका कारण ती ठाउँमा छुट्टै मिति तय गरी निर्वाचन प्रकृया सुरु गरएको छ । ती ठाउँमा केही दिनपछि मात्रै मतदान हुनेछ ।
यसपटक मतदान गर्ने योग्य व्यक्ति एक करोड ७७ लाख ३३ हजार ७२३ जना रहेका छन् । जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष छन् भने ८७ लाख ४१ हजार ५३० महिला, र १८३ अन्य छन् ।
प्रतिक्रिया