मंगलबार, चैत ५, २०८१

बाराको पचरौता नगरपालिकामा झडप, मतदान रोकियो

मेरोन्यूज २०७९ वैशाख ३० गते ११:०१

बारा । बाराका पचरौता नगरपालिकामा झडप भएको छ । झडपपछि मतदान प्रक्रिया रोकिएको छ ।

पचरौता नगरपालिका–२ मा मतदानका क्रममा झडप भएको हो । त्रिपक्षबीच विवाद हुँदा झडप भएको बारा पचरौताका निर्वाचन अधिकृत नीरबहादुर दाहालले जनाकारी दिए ।

पचरौता नगरपालिका–२ मा रहेको बरगाछी र लक्ष्मीपुरको मतदान कोन्द्रमा झडप भएपछि मतदान रोकिएको हो । पचरौतामा लोसपा, जसपा र एमालेबीच झडप भएको हो ।

झडपलाई नियन्त्रणमा लिन प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया