आइतबार, चैत १०, २०८१

बझाङको जयपृथ्वी नगरपालिका-७ मा एमाले र सत्ता गठबन्धनबिच झडप, मतपत्र च्यातियो

मेरोन्यूज २०७९ वैशाख ३० गते १२:२७

काठमाडौं । बझाङको जयपृथ्वी नगरपालिका वडा नं‍. ७ अन्तर्गतको मतदानस्थल सुनिपिपल चौर मावि मतदान केन्द्रमा झडप भएको छ ।

सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीचको झडपका क्रममा केही मतपत्र च्यातिएको छ ।

झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर पनि गरेको छ । झडप भएको ठाउँ नेकपा एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज ऐन महरको मतदानस्थल पनि हो ।

प्रतिक्रिया