लाङटाङबाट मतपेटिका शनिबार मात्र ल्याइने

रसुवा । रसुवाको पर्यटकीय क्षेत्र लाङटाङबाट मतपेटिका शनिबार मात्र सदरमुकाम धुन्चे ल्याइने भएको छ । स्थानीय तहको निर्वाचनको क्रममा शुक्रबार भएको मतदानको मतपेटिका शनिबार मात्र सदरमुकाम धुन्चे ल्याइने भएको हो ।
जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार लाङटाङको मतपेटिका शनिबार मात्रै सदरमुकाम धुन्चे आइपुग्ने भएको छ । पहिले हेलिकप्टरबाट मतपत्र ढुवानी गर्ने तयारी गरिए पनि पछिल्लो समय मान्छेले नै मतपेटिका ढुवानी गर्नका लागि सर्कुलर भए अनुसार शनिबार मात्रै मतपेटिका ल्याइने भएको हो ।
मतदानको मतपेटिका लाङटाङ प्रहरी चौकीमा सुरक्षित राखिएको र शनिबार बिहानै सदरमुकाम ल्याइने तयारी भइरहेको लाङटाङ क्षेत्रको मतदान गराउन खटिएका मतदान अधिकृत गोपी विश्वकर्माले बताए । लाङटाङ प्रहरी चौकीमा सुरक्षा कडाइका साथ मतपेटिका राखिएको छ । ‘शनिबार बिहानै सुरक्षा कडाइका साथ सुरक्षित रूपमा मतपेटिका लिएर सदरमुकाम आउछौं’, उनले भने, ।
लाङटाङको मतपेटिका ल्याएपछि मा गोसाईंकुण्ड गाउँपालिकाको मतगणना सुरु हुने निर्वाचन अधिकारी थापाले जानकारी दिए ।
रसुवाको गोसाईंकुण्ड गाउँपालिका–४, लाङटाङमा ८३.१९ प्रतिशत मत खसेको छ । यस वडामा ३ सय ६३ मतदाता थिए । जसमा ३ सय २ मत खसेको हो । त्यहाँ १ सय ६२ पुरुष र १ सय ४० महिलाले मतदान गरेका छन् ।
शान्तिपूर्ण तरिकाले मतदान सकिएको र मतदानपश्चात्का कार्य जारी रहेको मतदान अधिकृत गोपी विश्वकर्माले बताए । उनका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्य भएको थियो । गोसाईंकुण्ड गाउँपालिका–४ स्थित सामुदायिक भवनमा मतदान केन्द्र राखिएको थियो ।
निर्वाचन गराउनका लागि चार सदस्यीय टोली लाङटाङ गएको थियो । जसमा मतदान अधिकृत गोपी विश्वकर्मा, सहायक मतदान अधिकृत प्रेम शंकर प्रसाद, सहायक कर्मचारी राजकुमार थापा पहारी र कार्यालय सहयोगीको रूपमा नन्दलाल न्यौपाने खटाइएको थियो । ५ सय भन्दा कम मतदाता रहेका केन्द्रमा ४ जना कर्मचारी खटाइने प्रावधान अनुसार चार जना कर्मचारी खटाइएको हो ।
















कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
प्रतिक्रिया