एकैचरणमा मतदान गर्दा सुरक्षा चुनौती देखियो :निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले देशैभर एकैचरणमा चुनाव गर्दा चुनौती देखिएको जनाएको छ । आयोगका प्रमुख निवार्चन आयुक्त दिनेश थपलियाले देशभर एकैचरणमा चुनाव गर्दा सुरक्षामा चुनौती देखिएको बताए ।
काठमाडौं महानगरको मतदानमा ५२ प्रतिशतको हाराहारीमा मतदान भएको छ । यो खासै सन्तोशजनक अवस्था नरहेको उनले बताए । उनले सबै मतदान सकिएपछि मात्र मतगणना सुरु गरिने उनले जानकारी दिए ।
उनले जहाँ मतपेटीका संकलन भएको छ त्यसको मतगणना शान्ति पुर्ण रुपमा सकिएको उनले बताए । राजनितिकदलका उम्मेदवारहरुले जुन तरिकाले सहयोग हुनुपथ्यो त्यो अनुसारको नभएको उनले बताए ।
उनले ७४ देखि ७५ प्रतिशतसम्म मतदान सकिएको छ जहाँ बढी मतदान हुने अपेक्षा गरिएको स्थानमा कम मतदान भएको उनले बताए । उनले भने,’एकैचरणमा गर्दा सुरक्षामा चुनौती भयो । दलहरुको सहयोग हुनुपर्ने हो त्यो हुन सकेन ।’ दलहरुको सहयोग नहुदाँ साना विषयमा अनावश्यक विवादले उग्ररुप लिएको उनले बताए ।
प्रतिक्रिया