रसुवामा ७७.६९ प्रतिशत मत खस्यो

रसुवा । रसुवामा ७७ प्रतिशत मत खसेकोे छ । स्थानिय तहको निर्वाचनका लागि शुक्रबार भएको मतदानमा जिल्लामा ७७ दशमलब ६९ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए ।
३८ हजार ५ सय ४५ मतदाता रहेको जिल्लामा २९ हजार ९ सय ४६ मत खसेको उनले बताए । जसमा १५ हजार ४ सय ९१ जना पुरुष र १४ हजार ४ सय ५५ जना महिला रहेका छन् ।
जिल्लाको आमाछोदिङ्मो गाउँपालिकामा ४ हजार २ सय १५ मत खसेको छ भने उत्तरगया गाउँपालिकामा ६ हजार ५ सय १८ मत, कालिका गाउँपालिकामा ६ हजार ७ सय १४ मत, गोसाईकुण्ड गाउँपालिकामा ४ हजार ७ सय ७३ र नौकुण्ड गाउँपालिकामा ७ हजार ७ सय २६ मत खसेको छ । कुल मतदाता मध्ये २२ दशमलब ३१ प्रतिशत मत खसेन । जुन ८ हजार ५ सय ९९ मत हो ।
मतदान प्रक्रिया सम्पन्न भएसँगै जिल्लाका सबै मतदानस्थल तथा मतदान केन्द्रको मतपेटीका सम्बन्धित मतगणनास्थलमा पुग्ने क्रममा रहेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए । लाङटाङ बाहेकको मतपेटीका स्थानिय तहको मतगणनास्थलमा पुग्ने उनले बताए । सम्बन्धित पालिकाको मतपेटीका मतगणनास्थलमा आइपुगेसँगै मतगणनाको प्रक्रिया सुरु गरिने समेत उनले बताए ।
जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । जिल्लाका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदानको कार्य सुरु भएको थियो । मतदान गर्न ७ बजे अघि देखि नै मतदाताहरु लाइनमा बसेका थिए । मतदान केन्द्रहरुमा बिहानैदेखि घुँइचो लागेको थियो ।
बृद्धबृद्धा, अशक्त, अपांगता लगायतका नागरिकहरुको पनि उत्साहजनक रुपमा मतदानमा सहभागी भएका थिए ।
जिल्लामा ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र तोकिएको छ । जसमा २ सय ५५ जना कर्मचारी निर्वाचन गराउन खटिएका छन् । जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी, म्यादी प्रहरी, शसस्त्र प्रहरी र नेपाली खटिएका छन् ।
जिल्लामा ५ वटा गाउँपालिका रहेको छ । जसमा २७ वटा वडा रहेका छन् । जिल्लामा निर्वाचनका लागि १४५ पदका लागि ४६७ जना प्रतिस्पर्धामा छन् । जसमा ५ जना निर्विरोध भइसकेका छन् भने तीन पदमा उम्मेदवारी नै परेको छैन् । अब १ सय ३७ पदका लागि मात्रै निर्वाचन हुने छ ।









निर्वाचन आयोग र गृहमन्त्रीबीच छलफल
जेनजीहरूले बुझाए प्रधानमन्त्रीलाई प्रस्तावित सम्झौताको मस्यौदा, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासन व्यवस्थाबारे वृहत छलफल चलाउने
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
निर्वाचन आयोगले तोक्यो ३ सहायक प्रवक्ता
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
ओली हावा कुरा गर्छन्, उनीबाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन् : प्रचण्ड
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
उपसचिव र शाखा अधिकृतसहित ४३ कर्मचारीको सरुवा (नामावलीसहित)
प्रतिक्रिया