विराटनगरमा १२०० मत गन्दा गठबन्धनको अग्रता
मेरोन्यूज
२०७९ वैशाख ३१ गते १५:५६

काठमाडौं । बिराटनगर महानगरपालिकामा १२०० मतगणना भएको छ । १२०० सम्म मतगणनाको अवस्थालाई हेर्दा गठबन्धन दल अगाडी देखिन्छ ।
गठबन्धन बाट मेयर पदमा उठेका नेपाली काँग्रेसका नागेश कोईरालाले चार सय ३४ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा (एमाले)का सागर थापाले तिन सय १७ मत प्राप्त गरेका छन् ।
उपमेयरमा भने एमाले अगाडी देखिन्छ । एमालेबाट बिराटनगरको उपमेयरमा उठेकी शिल्पा कार्कीले तिन सय ६५ मत ल्याएका छन् भने गठबन्धनका अमरेन्द्र यादवले दुई सय छ मत ल्याएका छन्
मतगणना जारी छ ।
सम्बन्धित
प्रतिक्रिया