सोमबार, माघ १९, २०८२

रोल्पामा गोला प्रथाद्वारा माओवादी केन्द्र विजयी

मेरोन्यूज २०७९ वैशाख ३१ गते १८:४०


रोल्पा । रोल्पाको एक स्थानीय तहको वडामा दुई उमेदवारको मत बराबर भएपछि गोला प्रथाद्वारा अन्तिम परिणाम सार्वजनिक गरिएको छ ।

रोल्पा नगरपालिका वडा नं २ मा नेपाली कांग्रेसका देउचन घर्तीमगर र नेकपा माओवादी केन्द्रका प्रकाश डाँगीबीच बराबर मत आएपछि गोला प्रथाद्वारा अन्तिम मत सार्वजनिक गरिएको हो ।

दुवै उमेदवारले ५४३ मत प्राप्त गरेपछि भएको गोला प्रथाबाट नेकपा माओवादी केन्द्रका प्रकाश डाँगी विजयी भएका छन् ।

सो वडाका दलित महिला सदस्य, महिला सदस्य र खुला सदस्य भने नेपाली कांग्रेसले जितेको छ ।

प्रतिक्रिया