शनिबार, चैत ९, २०८१

भरतपुरमा १५०० मत गन्दा रेणुको अग्रता कायमै

मेरोन्यूज २०७९ जेठ १ गते ०:३९

काठमाडौं । भरतपुर महानगरको जारी मतगणनामा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले मेयरमा अग्रता कायम राखेकी छन्।

१५०० मत गणना हुँदा रेनुले ५६९ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले ५१९ मत पाएका छन्।

कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले १८८ मत ल्याएका छन्।

उपमेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ४७८ मत ल्याएका छन् भने उपमेयरमा एमाले र राप्रप्रा गठबन्धनकी उम्मेदवार हिमला गुरूङ ३६७ मत ल्याएकी छन्।

मतगणना जारी छ।

प्रतिक्रिया