शुक्रबार, फागुन २९, २०८२

खार्पुनाथ गाउँपालिको अध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित

मेरोन्यूज २०७९ जेठ १ गते ७:२५

काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी भएका छन्। यहाँ कांग्रेस र माओवादीबीच चुनावी तालमेल भएको थियो। आज बिहान सकिएको मतगणनाअनुसार कांग्रेसका रावल अध्यक्ष विजयी भएका हुन्। उनले एक हजार आठ सय १० मत ल्याएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

साथै उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाशबहादुर शाहीले एक हजार एक सय ९५ मत ल्याएका छन्। यहाँ उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका ज्ञानबहादुर सिंह (भरत) विजयी भएका छन्। उनले १ हजार ८७२ मत ल्याएका छन्। यस्तै उनका प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का शक्तिसिंह ऐडीले ८५० मत ल्याए। यस्तै खार्पुनाथका पाँचवटै वडामा पनि गठबन्धन निर्वाचित भएको छ।

कांग्रेस-माओवादी गठबन्धनअनुसार वडा नम्बर १ मा कांग्रेसका जयबहादुर शाही (४६९), वडा नम्बर २ मा कांग्रेसका चन्द्र रावल (२६०), वडा नम्बर ३ मा माओवादीका च्याँगा बोहरा (२७१), वडा नम्बर ४ मा काँग्रेसका रंगमति शाही (निर्विरोध) र वडा नम्बर ५ मा काँग्रेसका भरतजंग शाही (४९२) मत ल्याएर निर्वाचित भएका छन्।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृह पालिका खार्पुनाथमा कांग्रेस–माओवादी र एमाले–समाजवादी गठबन्धन थियो।

प्रतिक्रिया