पोखरामा नेकपा एसका उम्मेदवार अगाडि, एमाले पछ्याउँदै
मेरोन्यूज
२०७९ जेठ १ गते ७:५३

काठमाडौँ । पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्य १६ सय मत गणना हुँदा ६१३ मतसहित अगाडि रहेका हुन् ।
अहिले वडा नम्बर १, २ र १२ को मत गणना भइरहेको छ । यहाँ नेकपा एमालेका उम्मदेवार कृष्ण थापाले ५८३ मत ल्याएर पछ्याइरहेका छन् ।
उपमेयरमा पनि गठबन्धनबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ७१६ मतसहित अग्रता कायमै राखेकी छन् । यस्तै, नेकपा एमालेकी उम्मेदवार मन्जुदेवी गुरूङले ५८३ मत ल्याएकी छन् ।
सम्बन्धित
प्रतिक्रिया