नुवाकोटको १८ वटा वडाको मतगणना सकियो (कहाँ को विजयी सूचीसहित)

नुवाकोट । नुवाकोटका १२ वटै पालिकाको मतगणना जारी छ । जारी मतगणना अनुसार अहिलेसम्म जिल्लाका १८ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ ।
सार्वजनिक परिणाम अनुसार, अहिलेसम्म नेपाली कांग्रेसले ७ वटा, नेकपा (माओवादी केन्द्र) ले ६ वटा र नेकपा एमालेले ५ वटा वडामा विजयी हासिल गरेको छ ।
नेपाली कांग्रेसबाट म्यागङ गाउँपालिका– १ मा जिमाबहादुर तामाङ, पञ्चकन्या गाउँपालिका– १ मा महानन्द ढकाल, किस्पाङ गाउँपालिका– १ मा पशुपती घले, तारकेश्वर गाउँपालिका– ५ मा अशोक तामाङ, तादी गाउँपालिका– १ मा नकुर दोङ तामाङ, लिखु गाउँपालिका– १ मा नरहरी पाण्डे र सूर्यगढी गाउँपालिका–२ मा दिपक अधिकारी विजयी भएका छन् ।
नेकपा ९माओवादी केन्द्र० बाट तादी गाउँपालिका– २ मा बच्चुराम तामाङ, शिवपुरी गाउँपालिका–१ मा सुकुराम तामाङ, सूर्यगढी गाउँपालिका– १ मा राजकुमार तामाङ रञ्जित, दुप्चेश्वर गाउँपालिका– १ मा सिताराम तामाङ, २ मा बिरबल तामाङ र ककनी गाउँपालिका–१ मा पदमबहादुर बलामी विजयी भएका छन् ।
नेकपा एमालेबाट तारकेश्वर गाउँपालिका–६ मा नारायणप्रसाद रिमाल, म्यागङ गाउँपालिका-२ मा सन्तबिर तामाङ, वेलकोटगढी नगरपालिका- १ मा सन्तबहादुर तामाङ, लिखु गाउँपालिका- २ मा प्रेमबहादुर थापा मगर र विदुर नगरपालिका-१ मा लेलिन रञ्जित विजयी भएका छन् ।









गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
आकर्षक छुट र सुविधासहित यामाहा नेपालद्वारा ‘यामाहा ब्लू क्याम्प’ घोषणा
‘जेरी अन टप’ले मनायो ५१औँ दिन, अहिलेसम्मको कमाइ कति ?
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया