नुवाकोटको १८ वटा वडाको मतगणना सकियो (कहाँ को विजयी सूचीसहित)

नुवाकोट । नुवाकोटका १२ वटै पालिकाको मतगणना जारी छ । जारी मतगणना अनुसार अहिलेसम्म जिल्लाका १८ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ ।
सार्वजनिक परिणाम अनुसार, अहिलेसम्म नेपाली कांग्रेसले ७ वटा, नेकपा (माओवादी केन्द्र) ले ६ वटा र नेकपा एमालेले ५ वटा वडामा विजयी हासिल गरेको छ ।
नेपाली कांग्रेसबाट म्यागङ गाउँपालिका– १ मा जिमाबहादुर तामाङ, पञ्चकन्या गाउँपालिका– १ मा महानन्द ढकाल, किस्पाङ गाउँपालिका– १ मा पशुपती घले, तारकेश्वर गाउँपालिका– ५ मा अशोक तामाङ, तादी गाउँपालिका– १ मा नकुर दोङ तामाङ, लिखु गाउँपालिका– १ मा नरहरी पाण्डे र सूर्यगढी गाउँपालिका–२ मा दिपक अधिकारी विजयी भएका छन् ।
नेकपा ९माओवादी केन्द्र० बाट तादी गाउँपालिका– २ मा बच्चुराम तामाङ, शिवपुरी गाउँपालिका–१ मा सुकुराम तामाङ, सूर्यगढी गाउँपालिका– १ मा राजकुमार तामाङ रञ्जित, दुप्चेश्वर गाउँपालिका– १ मा सिताराम तामाङ, २ मा बिरबल तामाङ र ककनी गाउँपालिका–१ मा पदमबहादुर बलामी विजयी भएका छन् ।
नेकपा एमालेबाट तारकेश्वर गाउँपालिका–६ मा नारायणप्रसाद रिमाल, म्यागङ गाउँपालिका-२ मा सन्तबिर तामाङ, वेलकोटगढी नगरपालिका- १ मा सन्तबहादुर तामाङ, लिखु गाउँपालिका- २ मा प्रेमबहादुर थापा मगर र विदुर नगरपालिका-१ मा लेलिन रञ्जित विजयी भएका छन् ।
















मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु
कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया