साकेलामा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित
मेरोन्यूज
२०७९ जेठ १ गते १३:२२

खोटाङ, १ जेठ ।खोटाङमा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित भएका छन् । साकेला गाउँपालिका–५ मात्तिममा कांग्रेसकातर्फबाट जीवन न्यौपाने (खत्री) वडाध्यक्षमा विजयी भएका हुन् । उनले १९७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सन्तोष राईले १७३ मत पाएका छन् ।
आइतबार घोषित परिणामअनुसार न्यौपानेको प्यानलबाट जयप्रकाश कट्वाल, हरिहर ढकाल र महिला सदस्य निर्मला राई चुनिएका छन् । दलित महिला सदस्य कविता बिक भने एमालेकातर्फबाट विजयी भएका छन् ।
न्यौपाने नेबिसंघको जिल्ला सदस्य, जिल्ला उपाध्यक्ष हुँदै केही समयअघि भएको कांग्रेसको १४ राष्ट्रिय महाधिबेसनमा प्रदेश प्रतिनिधि बनेका थिए ।
सम्बन्धित







यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया