रोल्पाको ३० वडाको नतिजा आयो, कुनमा कसले जिते ?

रोल्पा । रोल्पाका १० स्थानीय तहको ३० वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । अन्तिम मतपरिणाम घोषणा भएका वडामध्ये २० वटा वडामा नेकपा माओवादी केन्द्र, ५ वटामा नेपाली कांग्रेस, ४ वटामा नेकपा एमाले र एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । रोल्पमा ७२ वटा वडा रहेका छन् ।
नेकपा माओवादी केन्द्र विजयी भएका वडाहरु
रोल्पा नगरपालिका–१ मा खुमबहादुर थापा वडा नं २ मा प्रकाश डाँगी, वडा नं ४ मा मित्रलाल गुरुङ र वडा नं ५ मा टोपबहादुर नेपाली वडा नंं ६ मा तुलबहादुर घर्तीमगर माओवादीबाट विजयी भएका छन् ।
सुनिलस्मृति गाउँपालिका–१ मा गोवद्र्धन कँवर र वडा नंं ३ मा दुर्गाहबहादुर विष्ट लुङ्ग्री गाउँपालिका–७ मा हीराबहादुर पुन र वडा नं ६ मा जोखबहादुर बुढाथोकी वडा नंं ५ मा रिकबहादुर रोका विजयी भएका छन् ।
थवाङ गाउँपालिका–ं ५ मा गोवद्र्धन घर्तीमगर र वडा नंं ३ मा जनक बुढामगर वडा नंं २ मा अविलासा रोकामगर विजयी हुनुभएको छ । परिवर्तन गाउँपालिका वडा नंं १ मा मैते बुढामगर र वडा नंं २ मा हरिप्रसाद घर्तीमगर विजयी भएका छन् ।
त्रिवेणी गाउँपालिका–१ मा देउराम घर्तीमगर, रुन्टीगढी गाउँपालिका–ं २ मा भिउलाल पुन, माडी गाउँपालिका– १ मा रोहित सिंह घर्तीमगर र वडा नंं २ मा ललित घर्तीमगर विजयी हुनुभएको छ । सुनछहरी गाउँपालिका–१ मा धर्मेन्द्र रोकामगर र वडा नं २ मा कृष्णबहादुर बुढामगर विजयी भएका हुन् ।
नेपाली कांग्रेस विजयी भएका वडा
नेपाली कांग्रेसबाट गङ्गादेव गाउँपालिका– १, २ र ७ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नं १ मा अमृतबहादुर वली, वडा नं २ मा अमरबहादुर थापा, वडा नंं ७ मा प्रेमप्रकाश केसी विजयी विजयी भएका छन् । रोल्पा नगरपालिका–३ मा राजकुमार पुरी र रुन्टीगढी गाउँपालिका–१ मा थमबहादुर घर्तीमगर विजयी भएका हुन् ।
नेकपा एमाले विजयी भएका वडा
नेकपा एमालेबाट थवाङ गाउँपालिका– ४ हिकमत घर्तीमगर विजयी भएका छन् । त्यसैगरी त्रिवेणी गाउँपालिका– २ कविराज बुढामगर र गङ्गादेव गाउँपालिका– ६ बाट वीरबहादुर वली र रुन्टीगढी गाउँपालिका–३ गणेश गिरी विजयी भएका छन् ।
स्वतन्त्र विजयी भएका वडा
रोल्पाको सुनिलस्मृति गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवार नेत्रबहादुर गिरी विजयी भएका हुन् । गिरी २०७४ सालको स्थानीय तह निर्वाचनमासमेत स्वतन्त्र उम्मेदवारी दिई विजयी भएका थिए ।
















नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
शरीरमा भिटामिन डी को कमी हुँन नदिन यस्ता घरेलु उपाय अपनाउनुहाेस्
विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार
मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह
मुस्ताङका उम्मेदवार गुनासो गर्दछन् , ‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
प्रतिक्रिया