धनुषामा नौ वडाको परिणाम सार्वजनिक, पाँचमा कांग्रेस विजयी

जनकपुरधाम । धनुषामा अहिलेसम्म विभिन्न पालिकाका नौवटा वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ ।
जसअनुसार कांग्रेसले पाँचवटा वडामा जित हात पारेको छ । एमालेले दुईवटा वडा जितेको छ । माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीले एक एक वडा जितेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ मा कांग्रेसका देवु यादव र २ मा शिवु साह विजयी भएका छन् ।
बटेश्वर गाउँपालिका-१ मा कांग्रेसकै अशोककुमार महतो र मिथिला नगरपालिकामा वडाध्यक्षका उम्मेदवार जोगी महतो तथा नगराईन नगरपालिका-१ मा सीताराम महतोले चुनाव जितेका छन् ।
एमालेबाट लक्ष्मीनियाँ गाउँपालिका-१ मा दिलीपकुमार यादव र २ मा लालजी यादव विजयी भएका छन् । एकीकृत समाजवादीबाट जनकनन्दनी गाउँपालिका–१ मा सन्तोष गोइत विजयी भएका छन् ।
माओवादी केन्द्रले कमला नगरपालिका-१ मा जित हात पारेको छ । जसपाका उम्मेदवारलाई पराजित गर्दै केन्द्रका सर्वदेव यादव विजयी भएका हुन् । जसपाबाट रामदेव कापर हंशपुर नगरपालिका-१ मा विजयी भएका हुन् ।
प्रतिक्रिया