जन्तेढुंगा पालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी
मेरोन्यूज
२०७९ जेठ १ गते १६:१८

खोटाङ । जिल्लाको जन्तेढुंगा गाउँपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार अरुणादेवी राई र उपाध्यक्षमा कांग्रेसका खेमबहादुर खड्का विजयी भएका छन् । अरुणादेवीले दुई हजार २८१ मत र खड्काले दुई हजार ८०५ मत पाएर विजयी भएका हुन् ।
निटकतम प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्षका उम्मेदवार शंखरबहादुर राईले दुई हजार ५७५ मत र उपाध्यक्षका उम्मेदवार विमला राईले दुई हजार ४९५ मत पाएका छन् ।
गत स्थानीय निर्वाचनको स्थानीय तहको निर्वाचनमा विजयी भएका शंखबहादुर र विमलालाई एमालेले पुनः दोस्रो कार्यकालका लागि यथास्थानमा टिकट दिएको थियो ।
जन्तेढुंगा गाउँपालिकाका ६ वडामध्ये एक वडामा मात्र एमालेको उम्मेदवार वडाध्यक्षमा विजयी भएको छ ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया