मंगलबार, चैत ५, २०८१

जीतपुरसिमरा उपमहानगरको प्रमुख र उपप्रमुखमा गठबन्धन अगाडि,कसको कति मत ?

मेरोन्यूज २०७९ जेठ १ गते १७:००

काठमाडौं । जीतपुरसिमरा उपमहानगरपालिको प्रमुख र उपप्रमुखको अहिलेसम्मको मत परिणाम हेर्दा गठबन्धन नै अगाडी देखिएको छ । अहिलेसम्म गठबन्धनबाट मेयरमा उम्मेदवार बनेका माओवादीका राजन पौडेलले २ हजार ९५५ मत ल्याएका छन् । भने गठबन्धनबाट कांग्रेसबाट उपप्रमुखको उम्मेदवार बनेकी मेघा शाहीले २ हजार ८७१ मत ल्याएकी छिन् ।

त्यसैगरी, एमालेकी मेयरको उम्मेदवार बनेकी सरस्वती देवी चौधरी २ हजार ४४१ मत ल्याएकी छिन् । भने एमालेका उपप्रमुख पदका उम्मेदवार भोला प्रसाद अधिकारीले २ हजार ३९२ मत ल्याएका छन् ।

लोसपाबाट मेयरका उम्मेदवार संजय कुमार साहले १ हजार १५८ मत ल्याएका छन् । लोसपाका उपप्रमुख विपि मोक्तानले १ हजार १८७ मत ल्याएका छन् ।

प्रतिक्रिया