मंगलबार, चैत ५, २०८१

वीरगञ्जमा एमालेका सरावगीभन्दा सिंह १६ सय मतले अगाडि

मेरोन्यूज २०७९ जेठ १ गते १९:४०

काठमाडौँ । वीरगञ्ज महानगरको मेयरमा सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंह १६ सय मतले अगाडि रहेका छन् ।

सिंहले दुई हजार ८३२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सरावगीले एक हजार २८६ मत मात्रै ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले दुई हजार २५ मत पाएका छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले ३३१ मत मात्रै ल्याएका छन् ।

प्रतिक्रिया