सर्लाहीको रामनगर गाउँपालिकामा माओवादीका २२ वर्षीय युवक विजयी
मेरोन्यूज
२०७९ जेठ २ गते १७:४६

काठमाडौं । सर्लाहीको रामनगर गाउँपालिकामा-२२ वर्षीय राजाबाबु यादव गाउँपालिका अध्यक्षमा निर्वाचित बनेका छन्।
माओवादी केन्द्रबाट चुनाव लडेका राजाबाबु कांग्रेसका उम्मेदवारलाई हराउँदै अध्यक्षमा निर्वाचित बनेका हुन्।
राजाबाबु कांग्रेसका हरिनन्दनप्रसाद यादवलाई १ हजार ६ सय ८९ मतले पछि पार्दै जित हासिल गरेका हुन्।
राजाबाबुले ४ हजार ८१ मत ल्याएका छन् भने कांग्रेसका हरिनन्दनले २ हजार ३ सय ९२ मत पाएका छन्। उपाध्यक्षमा माओवादीकै गीता देवी निर्वाचित भएकी छिन्।
गीताले ३ हजार ५ सय २३ मत प्राप्त गरेकी छिन्। उनका प्रतिद्वन्द्वी कांग्रेसकी कोशिला साहले २ हजार ६ सय ३७ मत प्राप्त गरेकी छिन्।
सम्बन्धित










झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई
प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल
दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा उत्रिए बासिन्दा
क्रिकेटः नेपालद्वारा भारत ९२ रनले पराजित
बागलुङमा पिकअप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो
कांग्रस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
मधेश प्रदेशका सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा दले कालो मोसो
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
प्रतिक्रिया