ताप्लीको अध्यक्षमा ३८ मतले माओवादी विजयी
मेरोन्यूज
२०७९ जेठ २ गते २०:३७
उदयपुर । जिल्लाको ताप्ली गाउँपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका ढुंगराज विश्वकर्मा निर्वाचित भएका छन् ।
उनले एमालेका बाबुराम राईलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।विश्वकर्माले एक हजार ७८७ मत ल्याउँदा एमालेका राईले एक हजार ७४९ मत पाएका छन् ।
यस्तै, उपाध्यक्षमा कांग्रेसकी धनमाया मगर दुई हजार ५८६ मतसहित विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी एमालेकी मानकुमारी थापाले एक हजार ३०६ मत ल्याउँदै पराजित भएकी छन् ।
सम्बन्धित
प्रतिक्रिया