नलगाडको मेयरमा माओवादी केन्द्र र उप मेयरमा कांग्रेस विजयी
मेरोन्यूज
२०७९ जेठ ३ गते १४:११

जाजरकोट । नलगाड नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका डम्बरबहादुर रावत निर्वाचित भएका छन् । रावतका प्रतिस्पर्धी नेकपा एमालेका धर्मबहादुर शाहीलाई एक हजार नौ सय ७३ मतले पराजित गर्दै निर्वाचित भएका हुन् ।
नेकपा माओवादी केन्द्रका रावतले पाँच हजार पाँच सय ९९ मत प्राप्त गरेका थिए । नेकपा एमालेका धर्मबहादुर शाहीले तीन हजार ६ सय २६ मत प्राप्त गरे ।
यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकी सुरिता सिंहले पाँच हजार चार सय ६ मत प्राप्त गरी विजयी भएकी छन् । उनले प्रतिस्पर्धी नेकपा एमालेकी सुनिता बोहरालाई दुई हजार १३ मतले पछि पार्दै विजयी भएकी हुन् ।
नेकपा एमालेकी बोहराले तीन हजार तीन सय ९३ मत प्राप्त गरेकी छन् । नलगाड नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले चुनावी तालमेल गरेका थिए ।
सम्बन्धित















सुनसरीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
सुनचाँदीको मूल्य आज पनि घट्यो
इराकमा अमेरिकी दूतावासमा क्षेप्यास्त्र प्रहार : हवाई रक्षा प्रणालीमा क्षति
गोरखा माइक्रोबस दुर्घटना अपडेटः मृतक सात भारतीयको पहिचान खुल्याे
Motorcyclist dies in road accident
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
प्रतिक्रिया