कांग्रेस नेता महरको पालिकामा कांग्रेस उम्मेदवार विजयी

काठमाडौँ । डडेलधुराको भागेश्वर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार हेमराज चटौत दुई हजार ३११ मत प्राप्त गर्दै विजयी बनेका हुन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामबहादुर शाहीलाई भारी मतले पराजित गरेका हुन् । शाहीले एक हजार ७८ मत ल्याएका छन् । उनी चटौतसँग एक हजार २३३ मतान्तरले पराजित भएका हुन् ।
यस्तै, उपप्रमुखमा कांग्रेसकै पुष्पा ठकुराठी निर्वाचित भएकी छन् । कांग्रेसकी ठकुराठीले दुई हजार ३४८ मत प्राप्त गरेकी छन् । उनको प्रतिस्पर्धी माओवादी केन्द्रकी गीता भट्टले ८३२ मत ल्याइन् । उनीहरूबीच एक हजार ५१६ मतको मतान्तर रहेको छ।
पाँच वडा रहेको भागेश्वरमा चार वडामा कांग्रेस उम्मेदवार विजयी भएका थिए । एक वडामा भने स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन् ।
वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार मणिकराज भट्ट ३५४ मतका साथ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रामबहादुर ठकुरीले ३०८ मत ल्याए ।
वडा नम्बर २ मा कांग्रेसका उपेन्द्र जोरा २७० मतका साथ विजयी भए । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका मिनबहादुर बोहराले १९२ मत पाए ।
कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर रहको वडा नं ३ मा २४५ मत प्राप्त गरेका एमालेका खडक सिंह भाटलाई पराजित गरेर ८७६ मतका साथ कांग्रेसका डम्बर राज जोशीले जित हात पारेका छन् ।
वडा नम्बर ४ र ५ मा पनि कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर ४ मा कांग्रेसका वसन्तराज चटौत ६४४ मतका साथ विजयी हुँदा एमालेका देवराज भट्टले ३७८ मत ल्याएका थिए ।
वडा नम्बर ५ मा कांग्रेसका नरेन्द्र थापा विजयी भएका छन् । उनले २७६ मत प्राप्त गरेका छन् । र, एमालेका गोविन्द नाथ १४२ मत प्राप्त गर्दै पराजित भए । भागेश्वर नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरको गृह पालिका हो ।
















कृषिमन्त्री चौधरी द्वारा कालीमाटी बजारको स्थलगत अनुगमन
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
मूल्य चापबीच मल अनुदान बढाउँदै भारत
श्रममन्त्री दीपक साह २ सातामै पदमुक्त
काठमाडौँमा चोरी भएको मोटरसाइकलको पार्टपुर्जा खोलेर लुकाएको अवस्थामा फेला
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया