शुक्रबार, चैत ८, २०८१

चौतारा साँगाचोकगढीको मेयरमा माओवादी विजयी

मेरोन्यूज २०७९ जेठ ३ गते १५:५६

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा विजयी भएका छन्। उनले ११ हजार ७२ मत प्राप्त गरे।

सापकोटाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्रबहादुर नेपालले ६ हजार ७८५ मत प्राप्त गरे। कांग्रेसका केशवराज गिरी ६ हजार २४५ मत ल्याउँदै तेस्रो भए। उनी चार हजार बढी मतान्तरले विजयी भएका हुन् ।

उपमेयर एकीकृत समाजवादीकी सीता थापा निर्वाचित भइन्। उनले ९ हजार २ सय २६ मत प्राप्त गरिन्।

यो पालिकामा माओवादी र समाजवादीबीच गठबन्धन भएको थियो।

उपमेयरमा एमालेकी बालकुमारी सापकोटाले ६८७७ मत र कांग्रेसकी तुल्सीकुमारी श्रेष्ठले ५७६० मत प्राप्त गरिन्।

प्रतिक्रिया