पोखरामा ५२ हजार ८१७ मत गन्दा धनराज २ हजार ४९५ले अगाडी, एमालेका थापाले कति मत पाए ?

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीले आफ्नो मतान्तर फराकिलो बनाउँदै लगेको छ । पोखरामा हालसम्म ५२ हजार ८१७ मत गणना भइसक्दा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले २ हजार ४९५ मतान्तर बनाएका छन् ।
उनले हालसम्म २१ हजार ८८० मत पाएका छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका कृष्ण थापाले १९ हजार ३८८ मत पाएका छन् । मेयरकै दौडमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले २ हजार १८६ मत पाएका छन् । अटेरी अभियानमार्फत स्वतन्त्र उम्मेदवारी दिएका खडकराज पौडेल ‘गनेस’ले १ हजार १८३ मत ल्याएका छन् ।
महानगरको उपप्रमुखमा भने एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा छ । गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी कोपिला रानाभाट र नेकपा एमालेकी मञ्जुदेवी गुरुङबीच थोरै मत अन्तर मात्रै छ । रानाभाटलाई एमाले उम्मेदवार गुरुङले केवल ९ मतले मात्रै पछाडि पारेकी छन् । ४५ हजार मत गन्दासम्म उपमेयरमा कांग्रेसले अग्रता लिइरहेको थियो ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया