कुनै सुविधा नलिने झिमरुकका अध्यक्ष एमसीको घोषणा

काठमाडौँ । प्युठानको झिमरुक गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित पितबहादुर एमसीले कुनै सुविधा नलिने घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्रबाट विजयी भएका एमसीले आज प्रमाण पत्र ग्रहण गर्दै कुनै सुविधा नलिने बताएका हुन् ।
‘मैले पाँच वर्षको अवधिभित्र यस गाउँपालिकाबाट जेजति सुविधा प्राप्त गर्ने छुट छ, वा संविधानले दिएको सुविधा छ, त्यो कुनै पनि सुविधा लिने छैन,’ उनले भने, ‘मैले प्राप्त गर्ने सुविधालाई कार्य नीति बनाएर कसरी अगाडि बढ्ने छु, मैले प्राप्त गर्ने सुविधा शिक्षा र तपाईंहरूलाई नै खर्च गर्न चाहन्छु ।
झिमरुकमा सत्ता गठबन्धन दलभित्र भागबण्डा नमिल्दा माओवादी र नेकपा एमालेले गठबन्धन गरी चुनावी मैदानमा गएको थियो । जसमा माओवादीका एमसी अध्यक्ष पदमा विजयी भएका थिए । यस्तै, उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका थिए ।
उनले झिमरुकमा सबै जनताले जितेको भन्दै आपसी सहमतिका आधारमा अघि बढ्दै काम गर्ने बताए ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया