वीरगञ्जमा एमालेभन्दा जसपाका उम्मेदवार दुई गुणा मतान्तरले अगाडि
मेरोन्यूज
२०७९ जेठ ७ गते १६:१८
पर्सा । जिल्लाको वीरगञ्ज महानगरको पछिल्लो मत गणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंहले २८ हजार ३५२ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् । उनका प्रत्यासी नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीले १४ हजार ७०५ मत ल्याएका छन् ।
यसैगरी उपप्रमुखमा पनि गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसका इम्तियाज आलम कूल १९ हजार ९०२ मतसहित अगाडि रहेका छन् । उनका प्रत्यासी लोसपाका नेता पुरुषोत्तमलाल झा ४ हजार ४२३ मतसहित दोस्रो स्थानमा रहेका छन् ।
महानगरमा हालसम्म १५ वडाको मात्र मत गणना सम्पन्न भएको छ । ३२ वटा वडा रहेको यस महानगरमा अन्य वडाको मत परिमाण आउन बाँकी छ । मत गणना गर्न लामो समय लाग्ने भएकाले अन्तिम नतिजा आउन एक साता लाग्ने बताइन्छ ।
सम्बन्धित
















अस्पताल सेवा सुधार कार्यविधि २०८२ जारी
युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा
इरानसँगको वार्ताका लागि जेडी भान्स आइपुगे पाकिस्तान
कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो
अध्यागमन विभागले भन्यो: वैदेशिक रोजगारीमा जाँदा थप बिल/रसिद बुझाउनु पर्दैन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया