शुक्रबार, चैत २७, २०८२

छिन्नमस्तामा लोसपाका २५ वर्षीय चौधरी निर्वाचित

मेरोन्यूज २०७९ जेठ ८ गते १०:४८

सप्तरी । जिल्लाको को छिन्नमस्ता गाउँपालिकामा २५ वर्षीय युवा अध्यक्ष पदमा निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का विद्यानन्द चौधरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

निर्वाचन अधिकृत सूर्यराज घिमिरेका अनुसार उनले दुई हजार ८९५ मत ल्याएका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का सत्यनारायण यादवले एक हजार ७६६ मत ल्याएका छन् ।

सो गाउँपालिकाका निवर्तमान अध्यक्ष सूर्यनारायण मण्डलले ८०० र जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख प्रभाकर यादवको ८९८ मत मात्र ल्याए ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका राजुदेवी यादवले दुई हजार ४७२ मत प्राप्त गरेर निर्वाचित भए ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रमिलादेवी साहले एक हजार ५९५ मत ल्याइन् ।

प्रतिक्रिया