शाओमीको तीन नयाँ इको–सिस्टम उत्पादन नेपाली बजारमा

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले शाओमी एस् १ एक्टिभ, रेड मि स्मार्ट ब्यान्ड प्रो र मि होम सेक्युरिटी क्यामरा ३६० नेपाली बजारमा ल्याएको छ । शाओमीको स्मार्ट अप्लाएन्स सेग्मेन्टअन्तर्गत होम सेक्युरिटी क्यामेरा घरको सुरक्षाका निम्ती हो भने बाँकी दुई स्मार्ट वाचहरु हुन् ।
लञ्चमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित पण्डाले भने, ‘हामी सधँै सर्वोत्कृष्ट प्रविधि र सर्वोत्कृष्ट डिजाइन युक्त डिभाइसहरु हाम्रो उपभोक्तामाझ ल्याउन प्रयासरत छौँ, हामी चाहन्छौँ कि हाम्रा उपभोक्ताका लागि दैनिक जीवनमा अत्यन्त काम लाग्ने व्यावहारिक र राम्रो पर्फर्मेन्स भएका उपयोगी फिचर भएको उत्पादन दिन सकौँ ।
यस्तै, रेड्मी स्मार्ट ब्यान्ड प्रो १.४७ इन्चको फुल एमोलेड डिस्प्लेसहित उपलब्ध छ । जसले रगतमा भएको अक्सिजन लेभल जाँच्नुको साथै चौबिसै घण्टा मुटुको चाल रेकर्ड गर्दछ ।
यसैगरी मि होम सेक्युरिटी क्यामरा ३६० बाट मधुरो उज्यालोमा पनि फुल कलर प्यालेट देख्न सकिन्छ । यी क्यामराले ३६० एङलबाट मोसन डिटेक्ट गर्दै अलार्म पठाउँछन् । जसले घरमा कोही प्रवेश गर्न लागेको जानकारी पहिला नै दिन्छ ।
शाओमी एस् वान एक्टिभ स्मार्ट वाचको मूल्य नेपाली रुपैयाँ २२ हजार ९९९ रहेको छ । रेड मि स्मार्ट ब्याण्ड प्रोको मूल्य ६ हजार १९९ रुपैयाँ तोकिएको छ । त्यस्तै मी होम सेक्युरिटी क्यामरा ३६० को मूल्य ४ हजारा ४९९ रहेको छ ।
















पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबीच बढ्दो तनावबीच पाकिस्तान किन बन्यो मध्यस्थकर्ता ?
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रतिक्रिया