पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध कांग्रेसदेखि एमालेका विद्यार्थी संगठन एकै ठाउँमा

काठमाडौँ । नेपाल आयल निगमले अवैज्ञानिक रुपमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै संयुक्त विद्यार्थी संगठनले ध्यानाकर्षण गराएको छ । मूल्य वृद्धिको विरुद्धमा सत्ता गठबन्धन दलसहित प्रतिपक्षी दलका विद्यार्थी संगठन एकै ठाउँमा उभिएको छ ।
हप्ता दिन नबित्दै पेट्रोल, डिजल र मट्टितेलमा पटकपटक गरी मूल्य वृद्धिले यातायात र ढुवानीमा प्रभाव पारेको भन्दै विद्यार्थी संगठनले विरोध जनाएको हो ।
विद्यार्थी नेताहरूले संयुक्त विज्ञप्ति निकाल्दै दैनिक उपभोग्य वस्तु तथा सेवामा समेत चरम मूल्य वृद्धि भएको भन्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न ध्यानाकर्षण गराएका हुन् ।
‘कोभिड १९ लगायत महामारीका कारण चरम आर्थिक संकटमा परेका नेपाली जनतालाई पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि र त्यसको असर स्वरुप दाल, चामल, तेल, तरकारी खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तु र सेवामा भएको चरम मूल्य वृद्धिले चुलोसमेत बाल्न नसक्ने अवस्थामा आम नेपाली जनतालाई पुर्याएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
सरकारले पेट्रोलिय पदार्थको मूल्य फिर्ता नगरे विद्यार्थी संगठनले आन्दोलन गर्ने चेतावनी दिएका छन् । संगठनले जेठ १० गते अर्थ मन्त्रालय र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीलाई ज्ञापन पत्र बुझाउने तय गरेको छ ।
यस्तै, जेठ ११ गते ११ बजे नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ कार्यक्रम गर्ने र देशभरका क्याम्पसमा कालो ब्यानर राख्ने तय भएको छ । अन्त्यमा जेठ १२ गते साँझ ६ बजे काठमाडौंमा टर्चलाइट जुलुस प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।


















उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका
‘एकै बैठकमा सम्झौता हुने अपेक्षा थिएन’ – इरान
यस्तो छ आज कृषिउपजको थोक मूल्य
‘बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’
‘अमेरिकाले युद्धबाट नसकेको कुरा वार्ताबाट हासिल गर्न खोज्यो’- इरान
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया