उल्फ एयर मास्क अब नेपाली बजारमा

काठमाडौं । अशुद्ध र प्रदुषित श्वास फेरिरहेका हामी बीच हावामा रहेका कोरोना लगाएतका भाइरसलाई नष्ट गरी शुद्ध हावा प्रवाह गर्ने उल्फ एयर मास्क बजारमा आएको छ ।
कोरोना महामारीको बीच ताका प्रतिपादन गरिएको उल्फ एयर मास्क विश्व बजारमा छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ । जर्मन टेक्नोलोजि प्रयोग गरेर “अल अबाउट इनोभेसन्स” नामक संस्थाद्वारा भारतमा निर्मित उक्त इलेक्ट्रोनिक्सलाई प्लानेट हेल्थ केयर प्रा। लि। ले नेपालको बजारमा ल्याएको छ ।
हावामा रहेको बिकार, किटाणु तथा अशुद्दतालाई ९९।९५ नष्ट गरि स्वास फेर्न लायक हावा प्रबाह गर्ने उक्त उल्फ एयर मास्क पुर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरि निर्माण गरिएको बताइएको छ । भारत लगायत विभिन्न देशबाट पुरस्कृत उल्फ एयर मास्क सिनेमा हल, सो रुम, रेस्टुराण्ट तथा क्लब, कर्पोरेट हाउस, अफिस, बैंक तथा फाइनान्स र घरका लागि उपयुक्त हुनुको साथै महामारी रोकथाममा टेवा पुग्ने बिश्वास कम्पनीले लिएको छ ।
भित्तामा एयर कन्डिसनर जस्तै गरि राख्न मिल्ने उक्त इलेक्ट्रोनिक्सले के कति रुपमा हावालाई शुद्ध बनाइरहेको छ भनि मोनिटरमा हेर्न सकिन्छ । कुनै गन्ध वा पदार्थ नफ्याकने उल्फ एयर मास्कले नेगेटिभ आयोन प्रवाह गरि किटाणु नष्ट गर्दै हावालाई शुद्ध बनाउँदछ । एयर मास्क वान र एयर मास्क मिनी गरि हाल दुईवटा मोडलमा उपलब्ध उल्फ एयर मास्क क्रमशः १००० स्क्वायर फिट र ५०० स्क्वायर फिटको लागि डिजाइन गरिएको छ । नेपाली बजार अनुरुपको मूल्य, निःशुल्क जडान तथा मर्मत सुविधा र २ वर्षको वारेन्टी रहेको कुरा प्लानेट हेल्थ केयरका सहायक निर्देशक रोजन श्रेष्ठले बताए ।
आइतबार मेरिएट होटलमा आयोजित एक कार्यक्रममा कम्पनीका बैज्ञानिक तथा आविष्कारक बोनिफेस ग्यास्परले उल्फ एयर मास्क पुर्ण रुपमा स्वास्थ्य बर्धक र मेडिकल मापदण्ड सहित प्रमाणित रहेको दाबी गरे । उल्फ एयर मास्कले भै परि आउने महामारी रोकथाम गर्नुको साथै सामाजिक स्वास्थ्य सुरक्षामा अतुलनीय योगदान पुर्याउने कुरा कार्यक्रमा उपस्थित विज्ञहरुले बताए ।
















भारत भ्रमणको तयारीमा प्रधानमन्त्री बालेन
उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका
‘एकै बैठकमा सम्झौता हुने अपेक्षा थिएन’ – इरान
यस्तो छ आज कृषिउपजको थोक मूल्य
‘बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया